लोसपाले प्रदेश नं २ का मुख्यमन्त्री राउतको राजीनामा माग्ने


धनुषा, १९ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ । सोमबार बसेको लोसपा प्रदेश–२ संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतले सञ्चालन गरेको ‘बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, बिमा कार्यक्रम’ लगायतको बारेमा विभिन्न कोणबाट प्रश्न उठे पछि केही दिन अघि मात्र अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

लोसपाले मुख्यमन्त्री कार्यालयले आयोगमाथि विभिन्न आरोप लगाएर भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै लोसपाले मुख्यमन्त्री राउतको राजीनामा मागेको बताएको छ ।

लोसपा नेपाल प्रदेश–२ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्