बेलबारीको लक्ष्मी मार्गमा जारी दोस्रो नकआउट फुटबल प्रतियोगिता लालभित्तीको विजयी सुरुवात


बेलबारी, १९ असोज । विजया दशमी तथा शुभदिपावलीको अवसरमा बेलबारी ११ लक्ष्मी मार्गमा सुरु भएको दोस्रो नकआउट फुटबल प्रतियोगिता २०७८ को पहिलो खेलमा लालभित्ती विजयी भएको छ । 

युनिक महादेव क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको नकआउट फुटबल प्रतियोगितामा द रियल ब्रोदर्सलाई ४ का विरुद्ध ५ ले हराउँदै लालभित्ती एफसी विजयी भएको हो ।

दुवैतर्फको एक एक गोल भए पछि गरिएको पेनाल्टी सुट आउटमा लालभित्तीले द रियललाई ४ का विरुद्ध ५ गोल गरेको थियो । खेलको म्यान अफ दि म्याच दि रियलका दिपेन माझी घोषित भएका थिए ।

झापा, मोरङ र सुनसरीका १० वटा टिमहरू सहभागी भएको प्रतियोगितामा प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले २० हजार नगद प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्