गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत कर्मचारी आफ्नै कोठामा मृत फेला


सप्तरी, १९ असोज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक जना कर्मचारी आफ्नै काठोमा मृतावस्थामा भेटिएकी छिन् । प्रहरीले सप्तरीको राजविराज नगरपालिका–२ की २६ वर्षीय रुवीकुमारी साफीलाई आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको बताएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत ती कर्मचारीका पतीको एक वर्षअघि कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । रुवीका श्रीमान् अस्पतालको फार्मेसीमा कार्यरत थिए । श्रीमान्को कोरोनाका कारण मृत्यु भए पछि श्रीमती रुविनालाई अस्पतालले जागिर दिइएको थियो ।

स्थानीयवासीले श्रीमान्को मृत्यु पछि रुवी घरेलु हिंसामा परेको बताएका छन् । घर झगडा सहन नसकेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान लाएको छ । 

मृतक रूवीका दुई सन्तान रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्