३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैदको फैसला


काठमाडौँ, २० असोज । साढे  ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैदको फैसला भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्न ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो । 

१ जनलाई तीन वर्ष र एक जनालाई ६ महिनाको कैद सजाय सुनाएको छ भने अन्य आरोपित सबैलाई अदालतले सफाइ दिएको छ । हत्यामा जन्मकैद पाउनेमा ‘गोरे’ भनिने चूडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।

२०७४ माघमा युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन नेपाल भित्र्याइएको ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । 

प्रतिक्रिया दिनुहोस्