३५ दिने टेण्डर म्याद झन्झटिलो छ, यसलाई घटाएर ७ दिनमा झार्नुपर्छ : अर्थमन्त्री शर्मा


काठमाडौँ, १९ असोज । अर्थमन्त्री जनार्दन शर्माले टेण्डरको समयावधिलाई परिमार्जन गर्नु पर्ने बताएका छन् । मङ्गलवार संसद्को दिगो विकास तथा सुशासन समितिले नेपालको वित्तीय सुशासन र दिगो विकास लक्षबारेको अन्तरक्रियामा बोल्दै मन्त्री शर्माले उक्त कुरा बताएका हुन् । 

३५ दिने पक्रिया झन्झटिलो रहेकोले यसले विकास प्रक्रियालाई ढिलो बनाउने गरेको अर्थमन्त्री शर्माको कथन रहेको छ । विद्यमान सार्वजनिक खरिद ऐनले ३५ दिने सूचना निकालेर ३५ दिनमा खोल्नुपर्ने प्रावधान रहेको छ । ३५ दिन मूल्याङ्कनमा र ३५ दिनमा स्वीकृतिमा समय खर्चनु पर्ने प्रावधान रहेको छ । यो प्रक्रिया झन्झटिलो भएकोले यो अवधिमा विकास र बजेट खर्चमा असर परिरहेको भन्दै उनले प्रक्रियाको समयावधि ७ दिनमा झार्न प्रस्ताव गरे ।  

उनले भने ‘गोरखापत्र छापिने छापिने बेला बनेको ऐन हो यो, त्यही अनुसार ३५ दिने सूचना निकाल्नुपर्ने किन ? आजको जमाना, विकास र प्रविधि छ, मेलबाटै एक्सचेन्ज हुनसक्छ ।’ 

प्रतिक्रिया दिनुहोस्