भीष्मराज ढुङ्गाना धितो पत्र बोर्डका अध्यक्षबाट हटाइए


काठमाडौँ, २० असोज । भीष्मराज ढुङ्गानालाई सरकारले नेपाल धितो पत्र बोर्डको अध्यक्षबाट हटाएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई बोर्डको अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

सर्वोत्तम सिमेन्ट सेयर खरिद विवादमा मुछिएका ढुङ्गानालाई असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले ढुङ्गानासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उनले सरकारले सोधेको स्पष्टीकरणको जवाफ पनि दिएका थिए । तर उनको जवाफ चित्त नबुझेको भन्दै सरकारले उनलाई मङ्गलवार बर्खास्त गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस्