भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा काँग्रेसको टोली भारत जाँदै


काठमाडौँ, २० असोज । भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा नेपाली काँग्रेसको एक टोली बिहीबार भारत जाने भएको छ । पार्टी सह महामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा तीन सदस्सीय टोली भारत जान लागेको हो ।                  

उक्त टोलीमा काँग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । गत अगष्ट महिनामा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालको भ्रमण गरेर प्रमुख राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए । भाजपाको निम्तोमा जान लागेको काँग्रेसका नेताको भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताइएको छ ।           

यो टोलीले देउवाको भारत भ्रमणको मिति समेत तय गर्ने अनुमान लगाइए पनि यो भ्रमण दुई पार्टीबिचको सम्बन्ध सुधारका लागि मात्र भएको भ्रमण दलका सदस्यसमेत रहेका काँग्रेस नेता उदय शमशेर राणाले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्