राष्ट्रिय युवा सङ्घद्वारा सुन्दरहरैँचाको बाँसबारी चौकमा सरसफाइ


सुन्दरहरैंचा, २० असोज । नजिकिँदै गरेका बडादशँै, तिहार, छठ लगायतका चाडपर्वमा आफ्नो घर, समाज र टोललाई सफा राख्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले सुन्दरहरैँचाको बाँसबारीमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय युवा सङ्घ शाखा कमिटी सुन्दरहरैँचा ५ को आयोजनामा सञ्चालन गरिएको सरसफाइ कार्यक्रममा राष्ट्रिय युवा सङ्घका नेता तथा कार्यकर्ताहरूदेखि लिएर स्थनीयबासीकासमेत सहभागिता रहेको थियो ।  

राष्ट्रिय युवा सङ्घका सचिवालय सदस्य मनोज राईको प्रमुख आतिथ्यतामा भएको सरसफाइ कार्यक्रममा, सुन्दरहरैंचा १२ का वडाध्यक्ष रोशन प्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो । 

सरसफाइ कार्यक्रममा सहभागी हुँदै कार्यक्रमका प्रमुख आतिथिसमेत रहेका  राष्ट्रिय युवा सङ्घका सचिवालय सदस्य मनोज राईले युवाहरू सृजना र उर्जाका संवाहक भएकोले उनीहरूलाई राजनीतिका साथै सामाजिक काममा समेत संलग्न गराउँदै लैजानु पर्ने बताए । 

बिहान ८ बजेदेखि सुरु भएको सरसफाइ कार्यक्रम ११ बजेसम्म चलेको थियो । 

प्रतिक्रिया दिनुहोस्