प्रदेश–२ का मुख्यमन्त्री राउतको पक्षमा ७७ र विपक्षमा २३ मत


जनकपुरधाम, २१ असोज । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । बुधवार भएको मतदानमा राउतको पक्षमा ७७ जना सांसदले मत दिएका थिए भने उनको विपक्षमा २३ जनाले मत खसेको थियो । 

बुधवारको संसद् बैठकमा १०४ मध्ये १०० जना सांसदहरू उपस्थित रहेका थिए । मुख्यमन्त्रीलाई बहुमत पु¥याउन ५३ मत आवश्यक थियो ।

मुख्यमन्त्री राउतलाई जसपा, काँग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्