सुन्दरहरैंचामा नेपाल लाइफ इन्स्योरेन्सद्धारा शाह परिवारलाई रु.३४ लाख ६८ हजार हस्तान्तरण


सुन्दरहरैंचा, २१ असोज । मोरङको सुन्दरहरैंचा स्थित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले श्रीमती कान्तिलक्ष्मी देवी शाहलाई ३४ लाख ६८ हजार ६ सय ६५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीमा १५ लाख रुपैयाँको बिमा गरेर जम्मा ५ लाख ५३ हजार ५ सय २० रुपैयाँ किस्ता मात्र बुझाइएको थियो । बीमित सुन्दरहरैचा ८ , मोरङ निवासी रवीन्द्र चौहानको परिवारलाई बिमा दाबी बापतको उक्त रकम हस्तान्तरण गरिएको कम्पनी बिराटचाेकका शाखा प्रमुख सुमनराज थापाले बताए ।

स्थानीय व्यवसायी समेत रहेका चौहानको केही समय अगाडि सडक दुर्घटनाबाट असमाहिक निधन भएको थियो । जीवन बिमा बचतको साथै आश्रित परिवारको आर्थिक जोखिम बहन गर्ने भरपर्दो माध्यम भएकाले बिमामा सबैको चासो र सहभागिता आवश्यक रहेको शाखा प्रमुख थापाले उल्लेख गरे । उहाँले जीवन रहँदा आफ्नो लागि र जीवन नरहँदा परिवारको लागि आर्थिक सुरक्षा दिने माध्यम बिमा भएकाले यस तर्फ सर्व साधारणको सहभागिता बढ्न जरुरी रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्