आजदेखि सार्वजनिक गाडीले रुट परमिटबिनै चल्न पाउने


काठमाडौँ, २१ असोज । बिहिवारदेखि सार्वजनिक गाडीले रुट परमिट मिनै जुनसुकै रुटमा पनि चल्न पाउने भएका छन् । दसैँमा आवत–जावतलाई सहज बनाउन बिहीबारदेखि रुट परमिटको व्यवस्था हटाइएको हो । यो व्यवस्था घटस्थापनाका दिनदेखि लिएर कोजाग्रत पूर्णिमासम्म लागु रहने छ । 

यस्तै सरकारले सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनबाहेक अन्य ठूला गाडी चल्न पाउने छैनन् । 

विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले यो सडक खण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको बताएका छन् । साथै तोकेभन्दा बढी भाडा मागेमा यात्रु सहायता कक्षमा गुनासो टिपाउन प्रहरीले आग्रह गरेको छ । अग्रिम टिकट बुकिङमा तोकिए भन्दा बढी भाडा तिर्न बाध्य भएको यात्रुले गुनासो गर पछि प्रहरीले यस्तो जानकारी गराएको हो । 

प्रतिक्रिया दिनुहोस्