एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश


काठमाडौँ, २१ असोज । नेकपा (एमाले)का नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जोशीले आज (बिहिवार) एमाले परित्याग गरेको घोषणा गर्दै माधव नेपालको नेतृत्वमा गठन भएको नयाँ दलमा प्रवेश गरेका हुन् ।


नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका जोशी एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमै पुगेर पार्टी प्रवेश गरेका थिए । जोशी सुदूरपश्चिमका प्रभावशाली नेता मानिन्छन् । यसअघि आफू माधव नेपाल नेतृत्वमा रहेको एकीकृत समाजवादीमा नरहेको अभिव्यक्ति दिएका थिए । उनी मझाङबाट एमालेको तर्फबाट विजयी पूर्व सांसदसमेत हुन् ।


भीम रावलका निकट मानिने जोशी अहिले एमाले छोडेर एकीकृत समाजवादी प्रवेश गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्