बस नपाउँदा यात्रु आक्रोशित : काठमाडौँ खुलामञ्चमा तोडफोड


काठमाडौँ, १८ असोज । आज शनिवार बिहान यात्रुले नाराबाजी गर्दै टिकट अनुसार बस नपाएको कारण काठमाडौँ खुलामञ्चमा तोडफोड गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुलाई सम्झाएर अवस्था सामान्य बनाइएको जनाएका छन् । आक्रोशित यात्रुहरूले बिहान खुलामञ्चमा राखिएको अस्थायी रेलिङ समेत भाँची दिएका थिए ।

शनिवारदेखि सरकारी कार्यालय बिदा भएसँगै घर फर्कने मानिसहरूको चाप बढेको छ । गएको २४ घण्टामा दुई लाख ९६ हजार ६ सय ९२ जना काठमाडौँबाट बाहिरिएका छन् भने यातायात व्यवसायीको अनुसार शनिवार ३ लाखको हाराहारीमा यात्रु बाहिरिने सम्भावना रहेको जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रुका लागि बसको समस्या नहुने दाबी गरेता पनि यात्रुले टिकट अनुसारको बस सिट नभएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्