यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका अब्दुल रजक गुरनाहलाई दिइने


काठमाडौँ, २२ असोज । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुल रजक गुरनाहले पाउने भएका छन् । अब्दुलरजकलाई उपनिवेशवादको प्रभाव र संस्कृति र महाद्वीपको बिच खाडीमा शरणार्थीहरूको स्थितिको करुणामय चित्रणलाई आधारित भएर उपन्यास लेखेबापत उनलाई उक्त पुरस्कार दिन लागिएको हो ।

सन् १९४८ मा जन्म भई जान्जिबिरको द्वीपमा हुर्किएका अब्दुल रजक गुरनाह सन् १९६० को दशकमा शरणार्थीका रूपमा इङ्ल्याण्ड पुगेका थिए ।

उनका १० उपन्यासका साथै लघु कथाहरू पनि प्रकाशित भएका छन् । गुरनाहको चौथो उपन्यास प्याराडाइज (१९९४) ले उनलाई लेखकको रूपमा पहिचान दिएको थियो । उपाधिसँगै तान्जानियाका उपन्यासकारले १० मिलियन स्विडिश क्रोना पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्