काश्मिरमा विद्यालयभित्रै पसेर प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या


काठमाडौँ, २२ असोज । जम्मु काश्मिरको श्रीनगरस्थित इदगाह इलाकामा लडाकुहरूले स्कुलभित्रै पसरे स्कुलका प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या गरेका छन् ।

मङ्गलवार लडाकुहरूले श्रीनगरको इकबाल पार्क इलाकामा प्रतिष्ठित केमिस्ट माखनलाल बिन्द्रूको हत्या गरेका थिए । उनीहरूले मेडिकल स्टोरमै घुसेर बिन्द्रुलाई गोली हानेका थिए । बुधवार मात्रै उनकी छोरी श्रद्धा बिन्द्रुले आफूसँग बहस गर्नका लागि लडाकुहरूलाई चुनौति दिएकी थिइन् ।

पछिल्ला ५ दिनमा काश्मिरमा मात्र सात जनाको हत्या भइसकेको छ । यसमध्ये ६ घटना श्रीनगरमै घटेको मिडियाले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्