बन्दुकधारीको आक्रमणमा परी नाइजेरियामा २४ जना सर्वसाधारणको हत्या


कााठमाडौं, २२ असोज । बन्दुकधारीहरूको आक्रमणमा परेर नाइजेरियामा कम्तीमा दुई दर्जन जति सर्वसाधारणको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रका दुई ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमण परेर २४ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बिहीबार मोटरसाइकलमा सयौँ सङ्ख्यामा आएका आक्रमणकारीहरूले देशको कात्सीना र जाम्फारा क्षेत्रमा आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको आक्रमणमा परी स्थानीय बासिन्दाको मृत्यु भएको छ भने दर्जनौँको घर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।               

सरकारी सैनिकद्वारा गत हप्ता मात्र कारबाही गरेर त्यस क्षेत्रका आक्रमणकारीहरूलाई निस्तेज पारेको दाबी गरेको थियो । तर सैनिकको दाबी गरेको एक हप्ता दिन नबित्दै उक्त समूहले आक्रमणलाई निरन्तरता दिँदै सरकारी सरकारलाई चुनौति दिएको छ । 

प्रहरीले आक्रमणकारीहरू आपराधिक समूहका भएको दाबी गरेको छ । उक्त समूहले केही समयदेखि देशको उत्तरी पश्चिमी तथा मध्य भागमा आक्रमण गर्ने, अपहरण तथा लुटपाट गर्दै आईका छन् । तिनीहरूले आगजनी लगायतका हिंसात्मक क्रियाकलाप गर्दै आएको पनि प्रहरीले जनाएको छ । एजेन्सी       

प्रतिक्रिया दिनुहोस्