सुकुना बहुमुखी क्याम्पसमा शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


सुन्दरहरैँचा २३ असोज । सुकुना बहुमुखी क्याम्पसमा शुभकामना आदानप्रदान तथा एवम् निबन्ध लेखन प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुकुना बहुमुखी क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा भित्रिन लागेका चाडपर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा निबन्ध लेखन प्रतियोगिताका  विजयी विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।


अनेरास्ववियुका केन्द्रीय उपमहासचिव भास्कर खनालको प्रमुख आतिथ्यतामा संपन्न कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष केशव अधिकारी, सुन्दरहरैँचा नगरपालिका वडा नं १२ का अध्यक्ष रोशन प्रसाद ढकाल, उपप्राध्यापक दीपक न्यौपाने, सुकुना बहुमुखी क्याम्पसका पूर्व सभापति एवम् कलाकार जेबी थुलुङ, अनेरास्ववियुका मोरङ जिल्ला अध्यक्ष सन्तोष घिमिरे, जिल्ला सचिवालय सदस्य मिलन घिमिरे लगायतको सहभागिता रहेको थियो । 

अनेरास्ववियु क्याम्पस कमिटीले असोज २१ गते सञ्चालन गरेको ‘समृद्ध नेपाल निर्माणका आधारहरू’ विषयक खुल्ला निबन्ध लेखन प्रतियोगिताका विजयी विद्याथीहरुलाई पुरस्कार वितरणसमेत गरिएको स्ववियु उपसभापति एवम् जिल्ला सचिवालय सदस्य मीलन घिमिरेले बताएका छन् । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः ः ५ हजार, ३ हार र २ हजार नगदसहित प्रमाण पत्र तथा पदक दिइएको थियो । 


प्रतियोगितामा सरिता कटुवाल प्रथम, इन्दिरा तामाङ द्वितीय र सुनिता कार्की तृतीय भएकी थिइन् ।   अनेरास्ववियु प्राक अध्यक्ष मनोज लामा कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन् भने सुनिता कार्की र एलिस ओझाले संयुक्त रूपमा संचालन् गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्