राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितका हुनुपर्नेमा रक्षा मन्त्री रिजालको जोड


मोरङ, २३ असोज । रक्षा मन्त्री डा.मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा हुनुपर्ने बताएका छन् । शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नवनियुक्त मन्त्री रिजालले सुरक्षा नीति सधैँ राष्ट्रको हुनुपर्नेमा जोड दिएका हुन् । 

राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा रहेर काम गरेका रिजालले सुरक्षा नीतिलाई सामूहिक सहमतिका आधारमा अघि बढाउने बताए ।                       

मन्त्री रिजालले राष्ट्रिय विपत्तिमा अग्र भागमा रहेर उच्चकोटीको काम गरेको भन्दै नेपाली सेनाको प्रशंसासमेत गरे ।नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै मन्त्री रिजालले सरकार भर्खर विस्तार भए पनि यसले आफ्नो काममा छिट्टै गति लिने विश्वास व्यक्त गरे ।

गठन भएको झण्डै तीन महिना पछि सरकारले पूर्णता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्