जसपा बेलबारीमा तिलक राई निर्विरोध निर्वाचित


बेलबारी, २३ असोज । जनता समाजवादी पार्टी बेलबारीको अध्यक्षमा तिलक साङपाङ राई निर्विरोध निर्वाचित भएका छन् । शनिवार नेपाल तमु बुद्धिष्ट गुम्बामा भएको कार्यक्रमबाट तिलक राईको नेतृत्वमा २७ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।  

नव निर्वाचित नगर कमिटीको उपाध्यक्षमा कमल गुरुङ, भरत चौधरी, लीला राई, अशोक गुरुङ चयन भएका छन् भने सचिव अमिर मगर, सह–सचिव नवीन चौधरी,  प्रताप कोयु राई, कोषाध्यक्ष वासुदेव राई रहेका छन् । 

सदस्यहरूमा टिका राम मगर, शशि राई, कल्पना राई, सन्तोष तामाङ, हरिनारायण कलवार, रामबाबु चौधरी, दिलबहादुर राई, भक्तबहादुर राई, रामकुमार राई, धनराज धिमाल, सोनिया राई, बबिता राई, अम्बिका गुरुङ, पुष्प राई, सुब्बा ठकुरी, विजय गुरुङ रहेका छन्  ।

त्यस्तै सन्तोष तामाङको अध्यक्षतामा २१ सदस्सीय समाजवादी युवा सङ्घ बेलबारी र  सुमित राईको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियन बेलबारीको गठन भएको छ ।

पार्टीका केन्द्रीय सदस्य भूराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भरत दाहाल, प्रदेश १ सचिव प्रेम वानिम, प्रदेश सदस्य केदार धिमाल, शान्ता तामाङ, जिल्ला उपाध्यक्ष केशर मान गुरुङ, सदस्य सिता राई, केशव थापा मगर लगायतको उपस्थिति रहेको थियो । 

जनता समाजवादी पार्टी नेपालको ४ महिने सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान असोज २३ गतेबाट बेलबारीमा सुरु भएको पार्टीका नगर अध्यक्ष तिलक राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्