अर्किड बेलबारीले बालबालिकासँग मनायो दशैँ


बेलबारी, २४ असोज । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था अर्किड बेलबारीले दसैँ, तिहार तथा छैठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संचालन् गरेको छ ।                                                           

बेलबारी नगरपालिका वडा नं २ लालभित्तीमा रहेको कार्यालय परिसरमा सञ्चालन गरेको कार्यक्रममा बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष घनश्याम गौतम, स्थानीय समाजसेवी डिल्लीबहादुर थापा, समरबहादुर राई लगायतको उपस्थिति रहेको थियो । विगतका वर्षका झैँ संस्थाले बालबालिकालाई टीका–जमरा लगाइदिँदै दक्षिणासमेत दिएको थियो ।

संस्थाका अध्यक्ष धर्मराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सुभाष बस्नेतको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्