उद्योग मन्त्रीबाट गजेन्द्र हमालले दिए राजीनामा


काठमाडौँ, २४ असोज । तीन दिनअघि मात्रै सङ्घीय सरकारमा उद्योग मन्त्री बनेका सुरेन्द्र हमालले राजीनामा दिएका छन् । हमालको मन्त्री पदको विषयलाई लिएर टिक्का टिप्पणी भए पछि उनले राजीनामा दिएका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै हमालले चर्को आलोचना खेपिरहेका थिए । आफ्नो बारेका चौतर्फी आलोचना भइरहेकाले विवादमा नफस्ने भन्दै उनले मन्त्री पदबाट राजीनामा दिने बताएका थिए ।

हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील रहँदै आएका हमाल २०२७ सालदेखि काँग्रेसको विभिन्न पदहरूमा बसेर काम गरिसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्