बेलबारी नगरपालिकाको नियमित बजार अनुगमन


बेलबारी, २५ असोज । उपभोक्तामैत्री बजार बनाउने उद्देश्यका साथ बेलबारी नगरपालिकाले बजार अनुगमनलाई नियमित गरिरहेको छ । चाडबाडका आडमा हुने, कालोबजारी र मूल्य वृद्धिलाई नियन्त्रण गर्दै खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले बेलबारी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिइरहेको हो । 

नगर उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा शनिवार बेलबारी नगरपालिकाका वडा नं ५, ६ र ७ का बजारहरूका खाद्यान्न तथा मासु पसलहरूको अनुगमन गरेको थियो भने आइतबार बेलबारी १ २ र ३ नं वडामा अनुगमन गरिएको छ । 

आइतवार गरिएको अनुगमनमा बेलबारीमा रहेका प्रेटोल पम्प, पाउरोटी उद्योग, मेडिकल हल, मासु पसल, तथा खाद्य पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका कमीकमजोरीलाई सुधार गर्ने सर्तमा छाडिएको तर सर्त अनुसार नभएको भेटिएमा कानुन अनुसार कारबाही गरिने उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन् ।                                                   

अघिल्लो पटक अनुगमन गर्दा सचेत गराइएका पसलहरूको अवस्थामा भने हाल सुधार आएको पाइएका, अनुगमनलाई नियमित दिए पछि धेरै सुधार देखिएको उपप्रमुख ढाकाकुमारी पराजुलीको ठहर रहेको छ ।  

पछिल्लो समय विशेष गरेर खाद्य तथा मासु पसललाई लक्षित गरेर अनुगमन गरिरहेको बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताएका छन् । साथै उनले बजारर अनुगमन नियमित रुपमा भइरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्