पाँचथरे पत्रकार बाँस्कोटाको कविता कृति ‘ढुङ्गाको प्रेम’ लोकार्पण


फिदिम, २५ असोज । पाँचथरे पत्रकार गिरिराज बाँस्कोटाद्वारा लिखित कविता सङ्ग्रह ‘ढुङ्गाको प्रेम’ एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । नेपाल पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष रहेका बाँस्कोटाको कविता कृति आइतवार साहित्यकार विमल वैद्य, प्रेम ओझा, नेपाली काँग्रेस पाँचथर सभापति नरेन्द्र कुमार केरुङ र प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले संयुक्त रूपमा लोकार्पण गरेका गरे ।

शिखा बुक्सले प्रकाशन गरेको कविता सङ्ग्रहभित्र २७ वटा कविताहरू समेटिएका छन् । उक्त पुस्तकको समीक्षा प्राध्यापक लक्ष्मी ढुङ्गानाले गरेका थिए ।

उक्त अवसरमा राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका स्रष्टाहरूले रचना पाठसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्