सुरक्षा गार्डलाई गोली हानेर बैङ्कमा लुटपाट


मोरङ, २५ असोज । मोरङको धनपालथानमा सुरक्षा गार्डलाई गोली हानेर बैङ्कमा लुटपाट भएको छ । धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैङ्कमा लुटपाट भएको प्रहरीले जनाएको छ । 

पाँच जनाको समूहमा आएका लुटेरा समूहले बैङ्कका सुरक्षा गाडीमाथि तीन गोली चलाएर बैङ्कमा लुटपाट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले घटनाको पुष्टि गर्दै एक जनालाई गोली लागेको बताएका छन् । प्रहरी नायव उपरीक्षक श्रेष्ठले  अनुसन्धान थालिएको बताएका छन् । 

स्थानीयले भने पाँच जनाको समूहमा आएका लुटेराहरूमध्ये दुई जना तल र दुई जना माथि बसेर काउन्टरसम्म पुगेको बताएका छन् । यद्यपि घटनाको बारेमा थप जानकारी भने आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्