मोतीपुरको झडपमा सुकुम्वासी मारिएको घटनाको सत्य तथ्य छानबिन गर्न एमालेको माग


काठमाडौँ, २५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुटवलको मोतीपुर घटनाको सत्य तथ्य छानबिनको माग गरेको छ । राष्ट्रियसभाको सोमबारको बैठकको सुरुमा बोल्दै एमाले संसदीय दलको प्रमुख सचेतक खिमलाल भट्टराईले मोतीपुर घटना दुखद भएको बताउँदै त्यसको सत्य तथ्य छानबिनको माग गरेका हुन् । 

रुपन्देहीको मोतीपुरमा सुकुम्वासी मारिएको घटनाका सम्बन्धमा सरकारको जवाफ माग गर्दै प्रमुख सचेतक भट्टराईले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारको प्रबन्ध गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।आइतबार बुटवल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । घटनामा सुकुम्बासीसहति केही प्रहरीसमेत घाइते भएका थिए । 

प्रमुख सचेतक भट्टराईले आफ्नै गृह जिल्लामा सुकुम्वासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँणका मूकदर्शक बनेको आरोप लाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्