‘नेतृत्वका कारणले काँग्रेसलाई बदनाम बनायो’ : नेता पौड्याल


चितवन, २६ असोज । सत्तारुढ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वका कारणले पार्टी बदनामी बेहोर्नु परेको आरोप लाएका छन् ।

पार्टीको नव निर्वाचित भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले सभापतिले सरकारको नेतृत्व गर्दा पार्टीको बदनाम भएको आरोप लगाए ।

उनले भने ‘कोटामा एउटालाई मन्त्री भर्ती गरियो, बनायो दुई–तीन दिनमै राजीनामा दिनु¥यो,’ उनले भने, ‘यसले पार्टीको बदनाम भएको छ । नेपाली काँग्रेसको इज्जत र प्रतिष्ठामाथि खेलबाड गर्न के पार्टी सभापतिलाई अधिकार छ ? प्रधानमन्त्रीलाई अधिकार छ ?’

प्रतिक्रिया दिनुहोस्