युनिसेफले भन्यो ‘कुपोषणका कारण अफगानिस्तानमा १० लाख बालबालिकाको ज्यान खतरामा छ’


काठमाडौँ, २६ असोज । कुपोषणका कारण अफगानिस्तानमा १० लाख बालबालिकाको ज्यान खतरामा रहेको तथ्याङ्कले देखाएको छ । अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको हो ।

यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आबादीले तत्काल सहायता नपुगे कम्तीमा पनि १० लाख अफगानी बालबालिकाको कुपोषणका कारण ज्यान जाने जोखिम रहेको बताएका हुन् । 

उनले अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएकाले अवस्था जटिल बन्दै गएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्