बेलबारी स्काउटको शुभकामना आदान प्रदान तथा निशूल्क पोशाक वितरण


बेलबारी, २७ असोज । बेलबारी नगर स्काउट समितीले दसैँ, तिहार तथा छैठको अवसर पारेर शुभकामना आदान प्रदान तथा निशूल्क पोशाक वितरण कार्यक्रम सम्पन्न गरेको छ । काली माविमा आयोजित कार्यक्रममा स्काउट सिकिरहेका छात्र तथा छात्राहरूलाई नेपाल स्काउट प्रदेश कार्यालय विराटनगरद्वारा उपलब्ध गराइएको स्काउट पोशाक वितरण गरिएको हो ।

बेलबारी नगरपालिका वडा न ९ का अध्यक्ष नगेन्द्र खड्का प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कार्यक्रममा काली माविका प्रधानाध्यापक नारायण कोइराला, बेलबारी स्काउट समिती सदस्य श्री शीतल राय र स्काउट मास्टर सन्तोष घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत १६ जना छात्रा र  १६ जना छात्र गरी ३२ जना स्काउट सिकिरहेका विद्यार्थीहरूलाई निःशुल्क पोशाक वितरण गरिएको कार्यक्रमका संयोजक एवम् बेलबारी नगर स्काउट समिती संयोजक बादल देवानले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्