महरालाई सरकारको संरक्षण भएको सभापति देउवाको आरोप


काठमाडौँ ,१८ असोज। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारले संरक्षण गरेको भन्दै आलोचना गरेको छन् ।

शनिवार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले सरकारलाई महराको संरक्षण गरेको आरोप लगाएका हुन । सभापति देउवाले महरालाई सबै जिम्मेवारीबाट हटाउनुपर्ने बताएका छन् ।

पीडित महिलालाई धम्क्याएर मुद्दा हाल्न नदिएको प्रस्ट भइसक्दा पनि कारबाही किन भएको भन्ने उनको प्रश्न थियो । घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको बताउँदै, सरकार पक्षबाट महरालाई बचाउन जे पनि गरिरहेको आरोप लगाएका छन् ।

महरालाई संसद् सचिवालयकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । महराले सो आरोपको कारण सभामुखमा राजीनामा दिए पछि अहिले अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्