मुगु दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो


मुगु, २७ असोज । मुगुमा भएको बस दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ । प्रहरीले २४ जनाको घटनास्थलमै, चार जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा र नेपालगञ्ज पु¥याएका थप चार जनाको मृत्यु भएको बताएको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दुर्घटना गम्भीर घाइते भएका चार जना उपचारका क्रममा बाँकेको नेपालगञ्ज मृत्यु भएपछि मृतकको सङ्ख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको उनले बताए । 

नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मङ्गलवार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो । तीन जना गाडीबाट हाम फालेको र दुई जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको पाइएको छ । घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरुष, ७ जना महिला र एक जना बालक छन् ।

नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्