‘दसैँ क्विन २०७८’ को उपाधि अञ्जु बुढाथोकीलाई


काठमाडौँ, २७ असोज । बडादसैँको अवसरमा आयोजित ‘दसैँ क्विन २०७८’को उपाधि व्यवसायी अञ्जु बुढाथोकीले चुमेकी छन् । व्यवसायी तथा समाजसेवीसमेत रहेकी बुढाथोकीले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । 

कार्यक्रम लायन्स क्लब अफ काठमाडौँ अभियान तथा रोज सिप विकास तालिम केन्द्र रवि भवनको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । प्रतियोगितामा फर्स्ट रनर अप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन् । विजेताहरूलाई क्राउन, ट्रफी, मायाको चिनोलगायतका उपहार प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर र निर्देशक तथा सञ्चारकर्मी सूर्य चन्द रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्