बुटवलको मोतीपुरमा लगाइएको कफ्र्यू आजबाट हट्यो


रुपन्देही, २७ असोज । रुपन्देहीको बुटवलस्थित मोतीपुर क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आज बाट हटाएको छ । स्थिति सामान्य भएपछि गए राति १२ बजेदेखि कर्फ्यु हटाइएको हो । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सो क्षेत्रको अवस्था सामान्य बन्दै गएपछि बुधवार बिहानदेखि कर्फ्यु हटाइएको बताएका छन् । मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका स्थानीय र प्रहरीबिच भएको झडप भएपछि आइतवारदेखि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यु लगाउँदै आएको थियो । 

प्रहरीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए भने प्रहरी र स्थानीय गरी सयौँ घाइते भएका थिए । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाउँदै आएको थियो । मोतीपुर घटनामा मारिने मृतकका परिवारलाई लुम्बिनी प्रदेश सरकारले १–१ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्