नेता सिंह भन्छन् –काँग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको छ’


काठमाडौँ, २७ असोज । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले उक्त कुरा बताएका हुन् ।

१४ औँ महाधिवेशन पछि पनि काँग्रेसमा यही पुरानै नेतृत्व कायम रहे काँग्रेस ज्यादै कमजोर हुने नेता सिंहको भनाइ रहेको छ ।  नेता सिंहले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण काँग्रेस असाध्यै कमजोर भएको आरोप पनि लगाएका छन् ।

उनले भने ‘नेतृत्वको कार्यशैलीका कारण १३ औँ महाअधिवेशनपछि काँग्रेस असाध्यै कमजोर भएको छ । आगामी महाधिवशनपछि पनि कार्यकर्ता र जनताले चाहे अनुसारको नेतृत्व छान्न नसकी यही नेतृत्व कायम राखे काँग्रेस प्रजा परिषद्मा परिणत नहोला भन्न सकिँदैन ।’

नेता सिंहले सभापतिले बहुमतको आडमा विधि विधान मिच्ने काम गरेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्