भिषण आँधी आउँदा चीनमा १५ को मृत्यु


काठमाडौँ, २८ असोज । लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको । प्रान्तीय सरकारद्वारा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अक्टोबर २ देखि ७ सम्म प्रान्तले सबैभन्दा शक्तिशाली शरदीय बाढीको अनुभव गरेको बताइएको छ । 

वर्षा र आँधीका कारण उक्त प्रान्तमा १० लाख ७६ हजार मानिस प्रभावित भएका छन् भने १ लाख २० हजार एक सय जनालाई स्थानान्तरण गरिएको छ । 

यसैगरी ३ लाख ३७ हजार ७ सय घर भत्किएका, २ लाख ३८ हजार ४६० हेक्टर जमिनमा लगाइएको बालीनाली क्षतिग्रस्त भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्