नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश


काठमाडौँ, २८ असोज । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधवार मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । 

यो सँगै माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ । बुधवार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बङ्गलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरेको थियो । 

नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो । नेपालका लागि अन्जन विष्टले ८८ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।

बङ्गलादेशका सुमन रेजाले नेपालविरुद्ध खेलको नवौँ मिनेटमा गोल गरेका थिए । बराबरीसँगै नेपालले चार खेलबाट ७ अङ्क जोडेको छ । दोस्रो स्थानको मालदिभ्सको ६ अङ्क र तेस्रो स्थानमा भारतको ५ अङ्क छ । अहिले राति ९.४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल आउँदो शनिवार नेपाली समयअनुसार राति ८.४५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्