लक्ष्मीमार्गमा जारी दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि लालभित्तीलाई


बेलबारी, २८ असोज । बेलबारी ११ लक्ष्मीमार्ग जारी दोस्रो नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधि लालभित्ती फुटबल क्लबले हाता पारेको छ । 

युनिक महादेव क्लब बेलबारी ११ लक्ष्मीमार्गद्वारा बडा दसैँ तथा दीपावलीको अवसरमा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा डिएफसी भाउन्नेलाई शून्यका विरुद्ध १ गोल गर्दै लालभित्तीले उपाधि हाता पार्न सफल भएको हो ।  

झापा, मोरङ र सुनसरीका विभिन्न १० वटा फुटबल टिमहरू सहभागी रहेको बुधवारको फाइनल प्रतियोगिताको म्यान अफ दि म्याच लालभिती एफसीका जर्सी नम्बर १० का सुशील राई घोषित भए ।  प्रतियोगितामा प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले २० हजार नगदसहित पदक तथा प्रमाण पत्र प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्