कलाकार पवन खतिवडा (म्याकुरी) जोडिए वैवाहिक सम्बन्धमा


काठमाडौँ, २८ असोज । टेलिजगतमा म्याकुरीको नामले परिचित कलाकार पवन खतिवडा वैवाहिक सम्बन्धमा जोडिएका छन् । बुधवार मात्र उनी भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग वैवाहिक सम्बन्धमा जोडिएका हुन् । 

उनले अन्तरजातीय विवाह गरेका छन् । उनले फेसबुकमार्फत आफू वैवाहिक सम्बन्धमा गाँसिएको बताएका छन् । उनले लेखेका छन् ‘उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्तरजातीय र अन्तरदेशिय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।’

सुम्निमासँग केही वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्