रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश


काठमाडौँ, २९ असोज । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई तत्कालै रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र पक्राउ नगर्न आदेश दिएको हो । अधिकारकर्मी मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन हालेकी थिइन ।

रुवी बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौँ आएकी थिइन । तर रुवीलाई प्रहरीले काठमाडौँबाट पक्रेर पुनः बाँके पु¥याएको थियो ।

रुवीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्