दसैँ नेपालीको जीवन पद्धतिसँग जोडिएको पर्व : राष्ट्रपति


काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् ।बडादसैँ–२०७८ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिको कामना गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह पनि सबै नेपालीमा आग्रह गरेकी छन् ।

बडादसैँ मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै राष्ट्रपतिले नकारात्मक प्रवृत्तिका विरुद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको पर्वको विशेष महत्त्व रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्