पूर्व राष्ट्रपति डा. यादव र पूर्व राजा शाहबाट टीका ग्रहण


काठमाडौँ, ३० असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले गृह नगर जनकपुरधामस्थित सपही गाउँमा पुगेर गुरु पुरोहितबाट टीका ग्रहण गरेका छन् ।

बडादसैँ मनाउन गृह नगर पुगेका सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति  यादवले टीका ग्रहण गरेको उनको सचिवालयले जनाएको छ ।साथै उनले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधनासमेत गरेका थिए । 

यसै गरी पूर्व राजा ज्ञानेन्द्र शाहले पञ्चाङ्ग निर्णायक समितिले तोकेकै साइतमा टीका ग्रहण गरेका छन् । पूर्व राजा शाहले पूर्वनायब बडा गुरुज्यू एवं समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्