सुडानमा सङ्कट झन् चुलिँदो, सैनिकले सत्ता हात लिनुपर्ने विपक्षीको माग


काठमाडौँ, ३१ असोज । सङ्कट चुलिँदै गएपछि सुडानमा विपक्षीले त्यहाँको सत्ता सैनिकले हात लिनुपर्ने माग गरेका छन् । शनिवार राष्ट्रपति कार्यालय अघि हजारौँको सङ्ख्यामा उपस्थित विपक्षीहरूले प्रदर्शन गर्दै त्यस्तो माग गरेका हुन् ।


प्रजातन्त्र सुदृढ हुन नसकेको बताउँदै प्रजातन्त्रलाई सुदृढ गर्नका लागि केही समयका लागि भए पनि सेनाले सत्ता कब्जा गर्नुपर्ने उनीहरूको माग रहेको छ । सन् २०१९ मा राष्ट्रपति ओमार अल बशिरको सत्ता ढलेदेखि नै सुडानका यस्तो सङ्कट सिर्जना भएको छ ।

सेप्टेम्बरमा बशिरका समर्थकद्वारा पुन : सत्ता कब्जाको प्रयास विफल भएदेखि तनाव झन् बढेको छ । सुरु देखि नै सैनिक र नागरिकले सत्तामा सहकार्य गर्दै आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्