आसियानको शिखर बैठकमा म्यानमारलाई सहभागी नगराइने


काठमाडौँ, ३१ असोज । दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)को बैठकमा म्यानमारलाई सहभागी नगराइने भएको छ । गएको अगष्टमा मात्र आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका सैनिक जनरल मिन ओङ ह्लाइङलाई बैठकलाई सहभागी नगराइने भएको छ । 

यसै महिनाको अन्त्यमा हुने आसियानको शिखर सम्मेलनमा सहभागी नगराउने निर्णय भएको हो । सैन्यवलको आधारमा सत्ता हत्याएका जनरल मिन ओङ ह्लाइङल शिखर सम्मेलनमा सैनिक प्रमुखको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउने सहमति भएको बिबिसीले जनाएको छ ।

आसियानमा आबद्ध देशका विदेश मन्त्रीको आपत्कालीन बैठकमा म्यानमारको सेनालाई अक्टोबर २६ देखि २८ सम्म शिखर बैठक हुँदै छ । विश्वका शक्तिशाली देशका सरकार प्रमुख समेत सहभागी हुने सम्मेलनमा म्यानमारका सैनिक सरकारलाई सहभागी नगराइनुले अन्तर्राष्ट्रिय मान्यताको अपेक्षा गरिरहेको सैनिक सरकारका लागि ठूलो धक्काको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्