गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का, २०७२ सालको गोरखाको बारपाककै पराकम्प भएको भनाइ


गोरखा, ३१ असोज । गोरखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौँले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यसलाई २०७२ सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पकै परकम्पको रूपको रूपमा लिएको छ । 

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी बारपाक भूकम्प पछि हजारौँ परकम्प गइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्