विषालु सर्पले टोक्दा ताप्लेजुङमा एक जना युवकको मृत्यु


ताप्लेजुङ, ३१ असोज । विषालु सर्पले टोक्दा ताप्लेजुङमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले उपचारका क्रममा घतानीको जिल्ला अस्पतालमा शनिवार बिहान मृत्यु भएको जानकारी दिएका छन् ।अचानक हातमा सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराइदा पनि निको नभए पनि उनलाई अस्पताल पुर्‍याइएको एको थियो ।

तर अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्