टीका लगाएर फर्किँदा भिरबाट लडेर मृत्यु


खोटाङ, ३१ असोज । भिरबाट लडेर खोटाङमा एक व्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउत रहेको प्रहरीले जनाएको छ । 

उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

राउतको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्