बेलबारीका क्यान्सर पीडित विकास कुमार गुरुङको उपचारका लागि आर्थिक सहयोग जुट्दै


बेलबारी, ३१ असोज । बेलबारीका क्यान्सरबाट पीडित विकास कुमार गुरुङलाई बचाउन स्थानीयहरू एकजुट भएका छन् । बेलबारी नगरपालिका वडा–१ का ३५ वर्षीय विकास कुमार गुरुङ विगत केही समय कलेजोको क्यान्सरबाट पीडित भएका छन् ।

सामान्य आर्थिक अवस्था भएका गुरुङलाई बचाउन ‘विकास कुमार गुरुङ बचाउ अभियान’ नै सञ्चालन गरेर उनको उपचारका लागि आर्थिक संकलन् गर्ने काम भइरहेको छ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गुरुङको उपचारका लागि हाल युके निवासी बेलबारीका दिवस राईको नेतृत्वमा विकास कुमार गुरुङ बचाउ अभियान सुरु गरिएको छ । सोही अभियानमार्फत जम्मा भएको रु २ लाख ९५ हजार ५ सय २९ रुपैयाँ बिरामीलाई हस्तान्तरण गरिएको छ । 

राईले युकेमा रहेका बेलबारीवासी परिवार, K2S परिवार साथै अन्य देश विदेशमा रहेका साथी–भाइहरूको सक्रियतामा रकम सङ्कलन गरेका थिए । 

अभियन्ता राईले आफूले सुरु गरेको यो अभियानमा सहभागी भएर सहयोग गर्नु हुने सम्पूर्ण परिवार, सहयोगी दातालाई हृदय देखि नै धन्यवाद व्यक्त गरेका छन् । साथै उनको यो अभियान जारी रहने पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्