क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना


काठमाडौँ, ३१ असोज । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । लामो समयदेखि दमबाट पीडित वैद्यको दम अकस्मात् बढेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । 

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । छातीको एक्सरे गर्दा सामान्य दाग देखिएको चिकित्सकले बताएका छन् । उनको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।

प्रचण्ड नेतृत्वको माआवोदीबाट अलग भएर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नयाँ दल खोलेका वैद्य बामपन्थी आन्दोलनका एक आदर्शवादी नेताको रूपमा परिचित छन् । 

प्रतिक्रिया दिनुहोस्