रक्षामन्त्री रिजालद्वारा सैनिक मुख्यालय निरीक्षण


काठमाडौँ, १ कार्तिक । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण गरेका छन् । आइतवार जङ्गी अड्डा पुगेर रक्षामन्त्री रिजालले विविध विषयबारे जानकारी लिएको छ । सैनिक मुख्यालय पुगेका रक्षामन्त्री रिजाललाई प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।

भेटमा प्रधानसेनापति शर्माले नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमामा रक्षामन्त्री रिजालको सबल नेतृत्व र निर्देशनको खाँचो औँल्याएका थिए । साथै प्रधानसेनापति शर्माले रक्षामन्त्री रिजाललाई नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास समेत दिलाएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै रक्षामन्त्री रिजालले नेपाली सेनाले देशभित्र विपद् व्यवस्थापन र कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति पुनर्स्थापना निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्