बेलबारीमा आगलागीले एक घर खरानी बनायो


बेलबारी / मोरङको बेलबारी १० स्थित माटी गाउँमा एक घर जलेर नष्ट भएको छ । झउलि पण्डित कुमालको टिनको छानो भएको एकतले घर जेलेर नष्ट भएको हो ।

झउलिका अनुसार शुक्रवार भएको आगलागीमा अन्नपात लत्ता कपडा तथा केही नगद सहित ५० हजार बराबरको क्षति भएको छ । राति सुतेको समयमा आगलागी भएको उनी बताउँछन् ।

पीडित परिवारले माटाका भाडा बनाएर बजारमा बिक्री गरेर आफ्नो गुजारा गर्ने गर्छन् । आगलागी पीडितलाई नगरपालिकाले शनिवार राहत सामग्री दिएको छ । खाद्यान्न, चामल चिउरा चामल चिनी सहित लत्ता कपडा, तथा भाँडाकुँडा नगरले प्रदान गरेको मेयर ज्ञानेन्द्र सुबेदीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्