प्रधानमन्त्रीको गृहमन्त्रीलाई निर्देशन ‘बाढी–पहिरोमा परेकाको तत्काल उद्धार गर्नु’


काठमाडौँ, २ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरोपीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।मङ्गलवार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका गृहमन्त्री खाँणलाई प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले बाढी पहिरोले पुर्‍याएको क्षतिको बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री देउवाले जिल्ला प्रशासनमार्फत उद्धारका काम तीव्र बनाउन, आवश्यक परेका ठाउँमा थप सुरक्षा टोली पठाउन र राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए । 

जवाफमा गृहमन्त्री खाँणले बाढी प्रभावित जिल्लामा आवश्यक निर्देशन दिने काम भइसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्